धादिङ ज्यामरुङ फागुन १२ । रेडियो बिहानी संगित स्रोता क्लब ज्यामरुङ ३ को दोस्रो बार्षिक उत्सब तथा विविध साँस्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ । बन तथा भू–संरक्षण मन्त्री अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
ज्यामरुङ गाविसलाई परिवर्तन गर्न केन्द्रिय स्तरका सबै राजनीतिक दलहरुले सहयोग गर्नु पर्ने बताएका छन् । भक्नाबशेस रुपमा रहेको धादिङको ज्यामरुङ दरबारलाई संरक्षण गर्न राज्यले पहल नगरेको प्रति दुःख ब्यक्त गरेका छन् ।
महिला दिदी बहिनीहरुको आफ्नो हक अधिकार पाउनको लागि देशमा लडाई गर्न आबश्यक रहेको बताएका थिए । कार्यक्रममा विविध सास्कृतिक कार्यक्रमहरु, नाटकहरु प्रस्तुत गरिएको थियो ।
पुर्व उपसभामुख पुर्णा कुमारि सुवेदी, एमाओवादी धादिङका ईञ्चार्ज पुष्पविक्रम मल्ल, रेडियो संचालन गरि रहेको सहिद स्मृति संचार सहकारीका अध्यक्ष जगत सिंखडा, शिक्षक नेता शंकर अधिकारी लगाएतले सम्बोधन गर्नु भएको थियो ।बार्षिक उत्सब तथा विविध साँस्कृतिक कार्यक्रमको रेडियो बिहानी ९७ दशमलब ६ मेगाहर्जले प्रत्यक्ष प्रसारण गरिएको थियो ।