धादिङबेसी फागुन १२ । जिल्ला प्रशासन कार्यालय धादिङको अगुवाईमा धादिङको सत्यदेवी गाविसका सबै वडाहरुमा निमार्ण गरिएको गोरेटो बाटो, काठेपुलहरुको अनुगमन गरिएको छ ।
अपार्दशी र मनलाग्दी काम गरेको आरोपलाग्दै आएका ओक्सफम र एक्सन नेपाल धादिङले आफुले गरेको काम गोरेटोबाटो र काठे पुल अनुगमन गर्न जिल्ला प्रशासन र राजनीतिक दलका प्रतिनीधिहरुलाई लागेका हुन् ।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बिश्वप्रकास सुबेदीको नेतृत्वमा एकिकृत नेकपा माओबादी धादिङका अध्यक्ष राम बहादुर भण्डारी, एक्सन नेपालका प्रमुख भीम ढुङगाना, सरोकारवाला पक्ष समिलित एक टोलीले निरीक्षण गरिएको हो ।
धादिङको उत्तरी क्षेत्र सत्यदेवी गाउ विकास समितिका सबै वडाहरुमा निमार्ण गरिएको गोरेटो बाटोहरु, काठेपुलहरुको अनुगमन गरिएको छ । अनुगमन गर्ने क्रममा विकट क्षेत्र मानिने गाविसहरुमा सञ्चालन भईरहेको पुल तथा गोरेटोबाटाको निमार्ण कार्य ज्यादै राम्रो भएको सुवेदीले बताउनु भयो ।
सदरमुकाम धादिङबेसीबाट टाढा रहेको यस सत्यदेवी गाविसका प्रत्येक वडाहरुमा काठेपुल तथा गोरेटो बाटोहरुले स्थानिय बासिन्दाहरुलाई आवात जावात गर्न निकै सजिलो भएको सुवेदीले बताउनु भयो ।