धादिङबेसी फागुन १२ । नेपालमा देखिएको लोडसेर्डिङ र उर्जा संकटलाई अन्त्य गर्न आफूले नयाँ कार्य योजनाका साथ अघि बढ्ने माननीय बन तथा भू–संरक्षण मन्त्री अग्नी प्रसाद सापकोटाले बताउनु भएको छ ।
क्रान्तिकारी पत्रकार संघ धादिङ आज धादिङबेसीमा गरेको पत्रकार सम्मेलनमा मन्त्री अग्नी प्रसाद सापकोटाले यस्तो बताउनु भएको हो ।
प्रधानमन्त्री के.पी शर्मा ओलीको भारत भम्रण पछि नेपालमा देखिएको इन्धन लगायत सबै समस्याहरुको समाधान चाढै सहज हुने मन्त्री सापकोटाले दाबी गर्नु भयो । क्रान्तिकारी पत्रकार संघ धादिङद्धारा धादिङबेसीमा आयोजना गरिएको पत्रकार सम्मेलन कार्यक्रममा सापकोटाले भारतले गरेको अघोषित नाकाबन्दी पछि नेपालमा देखिएको समस्यको समाधान चाढै हुने बताउनु भएको थियो ।
पछिल्लो समयमा राजनीतिक क्षेत्रमा देखिएको आन्तरिक समस्याहरु राजनीतिक दलहरुले नै समाधान गर्नु पर्नेमा जोड दिनु भयो । यसै गरी संविधान जारी भए पछि भारत र नेपाल बीच चिसिएको सम्बन्ध विस्तारै न्यानो हुने मन्त्री सापकोटाले बताउनु भएको थियो ।