हराएको बिमान खोजि कार्य जारी

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १२, २०७२

पोखरा फागुन १२ गते । पोखरा फागुन १२–पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज म्याग्दीको रुप्से छहरामा दुर्घटना ग्रस्त भएको अनुमान गरिएको छ ।
पोखरा विमानस्थलबाट विहान ७ बजेर ४७ मिनेटमा यात्रु लिएर उडेको जहाज म्याग्दी र मुस्ताङको सिमा क्षेत्र रुप्सेमा दुर्घटना भएको अनुमान नेपाली सेनाले गरेको छ । जहाजमा चालक दलका तीन सहित २३ जना सवार थिए । उनिहरुमध्ये दुई वालक सहित ९ महिला र १४ पुरुष छन् । जहाजम सवार रहेकाको अवस्था भने अज्ञात छ । नाइन एनएचएच कलसाईनको जहाज उडान भरेपछि घोरेपानीसम्मको क्षेत्रमा सम्पर्क भएको र त्यसपछि सम्पर्क वाहिर गएको थियो । चालक रोशन मानन्धरले उडाएका थिए । हराएको विमानको खोजीको लागि पोखराबाट दुई वटा हेलिकप्टर परिचालन गरिएको छ ।
जहाजमा पोखराबाट जोमसोम २० मिनेटमा पुग्न सकिन्छ । यसैबीच म्याग्दीका पत्रकार सन्तोष गौतमले अहिले घटनास्थलमा अहिले हेलिकप्टरमार्फत उद्दार टोली जाने प्रयासमा रहेको छ । तर खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर घटनास्थलसम्म पुग्न सकेको छैन । घटनास्थल अति विकट र खराब मौसमले पनि अवरोध उत्पन्न भएको छ ।
दुर्घटना भएको अनुमान गरिएकोक्षेत्र रुप्सेभीर क्षेत्रमा बादल लागेकाले खोजी प्रभावित छ । सेना, पुलिस र सशस्त्र प्रहरी खटिएका छन् ।