हरिहर राठौर, धादिङ फागुन ११ । न्यानो कपडा किन्न जोगीमाराका भुकम्प पिडित चेपाङ्गलाई दिएको राहत रकम ऋृण असल्न भन्दै कव्जा गर्ने स्थानीय फोकस नेपालका ३ जना कर्मचारीहरु लाई स्थानीय प्रशासनले वर्खास्त गर्न निर्देशन दिएको छ ।
स्थानीय प्रशासनले राहत कव्जा गर्ने फोकस नेपालका गरिवी निवारण कोषका संयोजक लालप्रसाद पोखरेल, फिल्ड सुपरभाईजर हीरा रेग्मी र सामाजिक परिचालक संझना श्रेष्ठ लाई वर्खास्त गरि कार्यालय लाई जानकारी दिन पत्राचार गरेको छ ।
समाचार प्रकाशन लगत्तै स्थानीय प्रशासनले हस्तक्षेप गरि १ सय ३५ जना वाट असुल गरेको ५ लाख ६८ हजार रकम गत माघ ९ गते फिर्ता गराएको थियो । थप अनुसन्धानका लागी स्थानीय प्रशासनले कार्यालयका अधिकृत राममणी मिश्रको संयोजकत्वमा छानविन समिती समेत गठन गरेको थियो ।
गरिवी निवारण कोष अन्र्तगतको आयमुलक कार्यक्रम वाट फोकस नेपाल संस्थाले विगत ५ वर्ष अघि जोगीमारा गाविसमा समुह वनाई ७३ लाख ऋृण लगानी गरेको थियो । उक्त रकमको हाल १ करोड २४ लाख सा“वा व्याज पुगेकोछ ।
सोही अृण असुल गर्न संस्थाका कर्मचारीहरुले भुकम्प पिडितहरु लाई सरकारले प्रथम चरणमा अस्थायी टहरा निर्माण गर्न दिएको १५ हजार रकम वाट पनि पुरै रकम असुल गरेको थप रहस्य खुलेकोछ । जोगीमाराको वडानं ५ का हेकराङ्ग , गुरुमी लगायतका चेपाङ्ग वस्ती का २० घरधुरीहरु वाट २ देखि ५ हजार रकम असुलेको थियो ।
‘ऋृण असल गर्ने संस्थागत निर्णय भएको देखिएन । संस्था लाई भन्दा कर्मचारी लाई मात्रै कार्वाहीको सिफारिस गरेकमा छौं ’छानविन समितीका संयोजक राममणी मिश्रले वताए । कान्तिपूर दैनिक