कोटबाडा हत्या काण्डको सम्झना गर्दै जोगिमारामा स्मृति दिवस

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ११, २०७२

बाबुराम श्रेष्ठ, धादिङ जोगिमारा फागुन ११ गते । एकीकृत नेकपा माओवादी धादिङले १४ औं मजदुर बलीदानी दिवस मनाएको छ ।
०५८ सालमा कालिकोटस्थित कोटवाडा विमानस्थल निर्माणमा खटिएका जोगीमारा ५ हेक्राङका १७ जना मजदुरलाई राज्य पक्षले हत्या गरेको स्मृतिमा एकीकृत माओवादी धादिङ स्मृती दिवस मनाएको हो ।

हरेक वर्ष माओवादी धादिङले आजैको दिन कोटवाडा हत्याकाण्ड मासिएका सहिदहरुको सम्झनामा उनीहरुको परिवार सँग एकै टाउ्रँमा भेला भई अन्तक्रिर्या गर्ने गरेको छ । आजको कार्यक्रममा एमाओवादी धादिङका इञ्चार्ज पुष्पविक्रम मल्लले एमाओवादी पार्टी हजारौं सहिदका सपना पुरा गर्न संघर्षरत रहेको बताउनु भएको थियो । उहाँले नयाँ शक्ति तर्फ इकित गर्दै सहिद र वेपत्ताको एजेण्डा पुरा भै सक्यो भन्दै सहिदका सपना माथि खेलवाड गर्नेहरुलाई राम्रो सँग चिन्न र व्यवहार गर्न आग्रह समेत गर्नु भएको थियो ।

मजदुरीका लागि कालिकोट जिल्लाको कोटवाडा गाविसको सुन्थराली विमानस्थल निर्माणमा संलग्न रहेको बेला सुरक्षाफौजवाट १७ जना र देशका अन्य जिल्लाका गरी ३५ जना मजदुरलाई माओवादी भन्दै २०५८ फागुन १२ गते गोली हानी हत्या गरिएको थियो । हत्या भएका सबैजसो धादिङका अति विपन्न चेपाङ र एक दलित परिवारका सदस्यहरु रहेका थिए ।

को को मारिएका थिए एकै ठाउँमा

०५८ फागुन १२ गते कालिकोटको कोटबाडामा माओवादीको आशंकामा सेनाले माओवादी सेना भएको आशंकामा जोगिमाराका सानुकान्छा चेपाङ, रामबहादुर चेपाङ, विकास चेपाङ, शेरबहादुर चेपाङ, कुम्ले चेपाङ, चित्रबहादुर (तिलु) चेपाङ, दिलबहादुर चेपाङ, बुद्धराज चेपाङ, टंकबहादुर गुरुङ, गोकण गुरुङ, ज्ञानबहादुर थापा, मञ्जु थापा, टेकबहादुर विक, सानुकान्छा (सूर्य) विक, राजकुमार विक, राजकुमार श्रेष्ठ, काभ्रे दोलालघाटका प्रेम (माइला) तामाङ, काभ्रे सानोबाङथलीका पासाङ तामाङ, रामेछाप नागदहका हर्कबहादुर तामाङ र ताकुकोट गोरखाका कुमार बरामको हत्या गरिएको थियो ।