धादिङ जिल्ला परिषद सम्पन्न २०७३ / ७४ को वजेट विनियोजन

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १०, २०७२

धादिङबेसी फागुन १० । जिल्ला विकास समिति धादिङद्धारा आगामी आर्थिक वर्ष २०७३/७४को लागि कुल ८ अर्व २८ करोड ५६ लाख ८२ हजार रकम विनियोजनको लागि प्रस्ताव गरेको छ ।
यसै गरीे चालु तर्फ ३ अर्व ४१ करोड ६८ लाख हजार अर्थात ४१.१५ प्रतिशत र पूँजीगत तर्फ ४ अर्व ८७ करोड ५६ लाख १४ हजार अर्थात ५८.८५ प्रतिशत रहेको छ ।
प्रस्तावित व्यय तर्फ सरकारी तथा गैर सरकारी क्षेत्रको हिस्सा क्रमश ५७.५९ ५ र ४२.४१ ५ रहेको छ । जिल्ला विकास समिति धादिङको २३ औँ जिल्ला परिषद्बाट स्वीकृत आर्थिक बर्ष २०७३/०७४ को नीति, योजना तथा कार्यक्रम बजेटबाट स्थानिय बिकास अधिकारी भगवान् अर्यालले उक्त रकम बिनियोजनाको लागि प्रस्ताव गर्नु भएको हो ।
विगत वर्षको तुलनमा यसबर्ष जिल्ला विकास समितिको बजेट १ सय ४६ प्रतिशत बढी रहेको छ । यसरी प्रस्तावित बजेटमा बृद्धि हुनुमा विगतमा नसमेटिएका कार्यालयहरुको बजेट समेत समावेस भएको र ठूलो मात्रामा गैर सरकारी क्षेत्रको बजेट प्रस्ताव समेत रहेको छ ।
जिल्ला विकास समिति तर्फ आगामी आ.ब.को लागि कूल २३ करोड ९२ लाख ५० हजार आन्तरीक आय र केन्द्रीय अनुदान तर्फ १ अर्व १६ करोड १३ लाख ६ हजार गरी कूल १ अर्व ३९ करोड ९३ लाख ८६ हजार आय प्रस्ताव गरिएको छ । सो मध्ये सामाजिक सुरक्षा सहित चालु कार्यक्रमहरुमा कूल ४५ करोड ५४ लाख ७४ हजार (३२.५४५) र पूँजीगत कार्यक्रमहरु तर्फ रु. ९४ करोड ३९ लाख १२ हजार (६७.४६५) को व्यय अनुमान प्रस्तुत गरिएको छ