धादिङ काँग्रेसमा नव निर्वाचित धमलाले कार्यभार समाले

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ४, २०७२

धादिङबेसी फागुन ४ । नेपाली काङग्रेस जिल्ला कार्य समिति धादिङको १३ औं जिल्ला अधिबेशनबाट नव निर्वाचित रमेश धमलाले जिल्ला सभापतिको पदभार समाल्नु भएको छ । सुसिल कोईरालाको निधनले रोकिएको पद हस्तान्त्ररण कार्यक्रम सोमबार पूर्व जिल्ला सभापति रामान अधिकारीले हस्तान्तरण गरे पछि धमलाले कार्यभार सम्माल्नु भएको हो ।
गाँउ, वडा, नगर, क्षेत्र हुँदै माघ २५ गते भएको जिल्ला अधिवेशनले रमेश धमला अत्याधिक मतले निर्वाचित हुनु भएको थियो । नेपाली काङग्रेसको १३ औं जिल्ला अधिबेशनबाट सभापति पदका प्रत्यासी भीमप्रसाद ढुङगानालाई २६ मत अन्तरले पराजित गर्दै सभापति सहित सबै प्यानल नै विजयी भएका थिए ।
धमलाले २ सय ९० र ढुङगानाले २ सय ६४ मत प्राप्त गर्दै सचिवमा हरिराम बुर्लाकोटी र कोषाध्यक्षमा बाबुकृष्ण सापकोटा निर्वाचित हुनु भएको थियो । कार्यक्रममा धादिङको तीन वटै क्षेत्रमा भएको अधिवेशनमा निर्वाचित पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिहरुले पनि पदभार ग्रहण गरेका छन् ।