दार्खाको बृचेतमा छेची कार्यक्रम भव्य रुपमा समपन्न

Avatar photo
Dhadingpost
बिहिबार, माघ २८, २०७२

धादिङ दार्खा । पूर्खौदेखि मानिदै आएको तामाङ जातिको ऐतिहासिक सास्कृतिक पर्व छेची माघ २८ गते दार्खा गाविसको ब्युर्चेतमा सम्पन्न भएको छ ।
माघ २२ गते देखि लगातार पॉच दिनसम्म बिभिन्न चेमाहरू प्रदर्शन गरिआज आज समापन गरिएको हो ।
धेरै समयदेखि प्रचलनमा रहेको छेचीपर्वमा तामाङ मौखिक मिथकहरू तथा मान्यताहरूलाई अभिनयद्वारा प्रदर्शन गरिन्छ । गाउॅलेहरूको प्रत्यक्ष सहभागितामा सम्पन्न भएको छेची कार्यक्रममा युवाहरूको सक्रिय सहभागिता रहेको थियो ।
केही वर्ष मान्न छाडिएको यो पर्वलाई बि सं ०६३ देखि संरक्षण र संवर्धनको लागि अभियाननै चलाएको थियो । अभियान पश्चातको यो चौथो श्रीङ्खला हो ।