धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट

Avatar photo
Dhadingpost
बुधबार, माघ २७, २०७२

धादिङबेसी माघ २८ । धादिङ जिल्ला स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरुहुने भएको छ । हिजोबाट हुने भनिएको प्रतियोगिता पूर्व प्रधान मन्त्री तथा शालिन नेता शुशिल कोइरालाको निधनले मुलुक नै शोकाकुल बनेको र सरकारले पनि सार्वजनिक विदा दिएकोले खेल १ दिन ढिला हुने गरी आजबाट सुरु हुन लागेको हो ।
खेललाई मर्यादित र छिटो बनाउन यस अघि धादिङका ३ वटै निर्वाचनमा क्षेत्रिय स्तरका प्रतियोगिता सम्पन्न भैसकेका छन् । माध्यामिक विद्यालय स्तरीय यो प्रतियोगिता ३ वटै क्षेत्रमा सबै खेलका पथम दितिय र तृतिय भएका खेलाडीहरुलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागि गराईने छ ।
खेल तोकिएको दिनबाट नखेलाउने भएपछि हिभागि खेलाडीलाई त्यहि अनुसारर जानकारी गराउनु पथ्र्यो विद्यालयको खर्च बढ्यो एक शिक्षकले गुनासो गरे । सबै खेलमा विद्यार्थी सहभागि गराउनै पर्यो लगभग १ लाख खर्च हुन्छ आयोजकले मैदानमा आए पछि नखेलाउने भन्यो राम्रो भएन कम्सेकम समयमै जानकारी भएको भए त्यहि तयारीमा आउनु हुन्थ्यो ति शिक्षकले बताए ।