धादिङ माघ २० । भुकम्पका कारण भक्तिएका सबै विद्यालय अब तुरुन्त निमार्ण कार्य अगाडी बढाईने धादिङका जिल्ला शिक्षा अधिकारी गणेश ढकालले बताउनु भएको छ ।
आज सुनौलाबजारमा रहेको भैरवि उच्चमावि प्रङ्गणमा निर्मित सरस्वती मन्दिर उद्घाटन गर्दै ढकालले यस्तो बताउनु भएको हो ।
उहाँले भुकम्पका कारण भक्तिकाका सबै विद्यालय पुननिर्माण गरिने भन्दै अव एक पटक हृदय देखि विद्यालय निर्माण कार्यलाई सहयोग गर्न समेत आग्रह गर्नु भएको थियो । ।
पूर्व विद्यार्थी भेषराज खाँड ठुकुरीले २ लाख व्यक्तिगत लगानीमा निर्माण गर्नु भएको मन्दिरको चावी विद्यालयलाई हस्तान्तरण गर्नु भएको छ ।
सरस्वती मन्दिर उद्घाटन गर्न गरिएको औपचारिक कार्यक्रममा रेडक्रस धादिङका सभापति सिताराम कोईराला, नेपाल शिक्षक यूनियन धादिङका सचिव विष्णप्रसाद अधिकारी, स्थानीय राजनीतिक दलका प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा धादिङ क्षेत्र नं. २ स्तरीय राष्ट्रपति रनिङ शिल्डमा विजेता विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण समेत गरिएको तियो ।