जोगिमारा धादिङ । धादिङमा छुट्टाछुट्टै भएको घटनामा २ जनाको मृत्यु भएको छ । घाँस काट्न गएका जोगिमारा(६ निवासी २० वर्षीय शुभबहादुर तामाङको रोवाङ भीरबाट लडेर मृत्यु भएको हो ।
नीलकण्ठ नगरपालिका(११ भार्ले निवासी ५६ वर्षीय जयबहादुर गुरुङको आफ्नै गोरुले हाने पछि उनी भिरबाट खसेका थिए । गत वर्षमात्रै घरमै पालेको राँगोले हानेर ६ महिना थला परेका गुरुङलाई यसपाला पनि आफ्नै गोरुले हानेको हो ।