१७ हजार मिटर पक्की पुल मर्मतसम्भारको काम सुरु हुने

Avatar photo
Dhadingpost
आइतवार, माघ १७, २०७२

201412217811-600x0काठमाडौं माघ १७ । सडक विभागले चालु आवमा १७ हजार मिटर पक्की पुल मर्मतसम्भारको काम सुरु गर्ने भएको छ ।
सडक सुरक्षालाई ध्यानमा राखी विभागको नियमित मर्मतसम्भार कार्यक्रम अन्तर्गत पक्की पुलमा मर्मतसम्भार गर्न लागिएको पुल महाशाखाका वरिष्ठ डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिनु भएको होे । आठ हजार पुल मर्मतका लागि ठेकेदार छनोट गरी दुई महिनाभित्रमा काम सुरु गर्न लागिएको उहाँले बताउनुभयो । नौ हजार पुल मर्मतको ठेकेदार पनि छिट्टै छनोट गरिने जनाइएको छ । राजमार्ग र सहायक मार्गमा पर्ने पुल यस पटक मर्मत गर्न लागिएको बिभागले जनाएको छ । दुई वर्षमा सम्पन्न हुने पुल मर्मतको लागत रु डेढ अर्ब लाग्ने विभागले जनाएको छ ।