राम थापाक्षेत्रि बंगालादेश । आईसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराउन सफल भएको छ ।
नेपालले आज भएको खेलमा आयरल्याण्डलाई हराउदै दाश्रो जित हासिल गरेको हो यस अघिको खेलमा न्यूजिल्याण्डलाई हराएको थियो ।
१३२ लक्ष्य पाएको नेपालले मात्र २५ ओभर ३ बलमा २ विकेट गुमाएर सानदार जित हासिल गरेको हो ।
नेपालको जितमा योगेन्द्रसिंह कार्कीले सर्वाधिक ६१, आरिफ शेखले ३१ र सुनिल धमलाले २८ रनको योगदान गरे । पहिलो बलमै सन्दिप सुनुवार खाता नखोली आउट भएपछि कार्की र धमलाले नेपालको पारी सम्हालेका थिए ।
यसअघि सन्दिप लामिछानेको ह्याट्रिकसहित ५ विकेट लिएपछि निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रनमा समेटिएको थियो । आयरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछानेले ५ सहित दिपेन्द्र एेरीले २ तथा सुशील कंडेल र सुनिल धमलाले समान १-१ विकेट लिए । नेपालले अब समूह चरणको अन्तिम खेलमा सोमबार भारतको सामना गर्नेछ ।