धादिङबेसी माघ १६ । अखिल क्रान्तिकारी धादिङले धादिङका प्रमुखजिल्ला अधिकारीलाई ५ बुँदे ध्यानाकर्षण पत्र बुझएको छ ।
भारतिय नाकाबन्दीको कारण आम विद्यार्थीहरुमा परेको असरलाई सरकारले र जिल्लामा गर्न सकिने सामान्य सुधार समेत नगरेको भन्दै अखिल क्रान्तिकारीका धादिङ संयोजक माधव छत्कुलीले शुक्रबार ध्यानाकर्षण गराएकोे हो ।
पेट्रोलियम पदार्थ , खाद्यान्न लगायतका अत्यावश्यक वस्तुमा भएको कालोबजारी तुरुन्त नियन्त्रण गर्ने गर्नु पर्ने, ग्याँस लगायतका पेट्रोलियम पदार्थको आपूर्ति मा देखिएको अनियमिता रोकी तत्काल सहज बनाउन बनाउनु पर्नेे , सार्वाजनिक यातायातमा विद्यार्थिलाई ४५ प्रतिशत छुट लागु गर्ने विषयमा ध्यानकर्याण गराईएको थियो ।
ध्यानाकषण पत्र बुझाउँदै क्रान्तिकारीका जिल्ला सम्मेलन आयोजक समितिका संयोजक छत्कुलीले आम विद्यार्थीहरुले साथ दिएको यी मागहरु पुरा नगरीए कडा संघर्षमा उत्रने चेतावनी समेत दिनु भएकोथियो ।