काठमाडौं माघ १५ । क्यााइन्फोटेक मेला मकाठमाडौंमा आज देखि सुरु हुने भएको छ ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले विगत २१ वर्षदेखि नेपालमा सूचना तथा सन्चार प्रविधि क्षेत्रको विकास र विस्तारका लागि सूचना–प्रविधि सम्मेलनको गर्दै आएको छ ।
‘सुविसु क्यानइन्फोटेक २०१६ इनएसोसिएसन विथ हुवावे’ आजदेखि सुरु हुने क्यानले जनाएको छ । सूचना मेलाको प्रधानमन्त्री केपीशर्मा ओलीले उद्घाटन गर्नु हुनेछ । सम्मेलन १९ गतेसम्म काठमाडौंको भृकुटीमन्डप स्थित प्रदर्शनी स्थलमा चल्नेछ । विश्वमा सूचना तथा सन्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले सूचना मेला आयोजना भइरहेको क्यानले जनाएको छ । प्रदर्शनीमा ब्रान्डिङ प्रदर्शनी कक्षहरु सहित सूचना प्रविधि सम्बन्धीका जम्मा १७५ स्टलहरु रहने जनाइएको छ ।