पाँचौं राष्ट्रपति रनिङ शिल्ड क्षेत्र नं २ आज सुरु हुँदै (तयारी कस्तो छ ? कति विद्यालय भिड्दै ? )

Avatar photo
Dhadingpost
बिहिबार, माघ १४, २०७२

धादिङबेसी माघ १५ । पाँचौं राष्ट्रपति रनिङ शिल्ड– धादिङ निर्वाचन क्षेत्र नं. २ को विद्यालय स्तिरीय खेलकुद प्रतियोगिता आज देखि सुरुहुँदै छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको प्रतियोगिता धादिङबेसी स्थित एड्भान्स एकेडेमीले आयोजना गर्न लागेको हो ।
युवा तथा खेलकुद मन्त्री सत्यनारायण मंडलले  उद्घाटन गर्ने प्रतियोगिताको लागि सम्पूर्ण तयारी सकिएको एड्भान्स एकेडेमी धादिङका प्रिन्सिपल गोविन्द बुढाथोकीले धादिङपोष्टलार्ई जानकारी दिनु भयो ।
आफ्नो विद्यालय प्राङ्गणमा पहिलो पटक आयोजना गर्न पाएको यस विद्यालयले विद्यालयलाई झकिझकाउ बनाएको छ । भुकम्प पछि बनाईएका विद्यालयका कक्षा कोठाहरु विद्यार्थी आफैलाई सिगार्न लगाएको थियो ।
विद्यालयले प्रतियोगिता गर्ने भएपछि अभिभावकहरु समेत तयारीको लागि जुटेका थिए । प्रतियोगितामा  १९ वटा विद्यालयहरुले भाग लिदै छन् । छनौट भएका विद्यालयहरुले रनिङ शिल्डको लागि जिल्ला स्तरीय पतियोगितामा सहभागि हुन पाउने छन् ।