धादिङबेसी माघ १४ । धादिङ उद्योग वाणिज्य संघले नवनिर्वाचित कार्यसमितिहरुलाइ धादिङ उद्योग वाणिज्य संघले नवनिर्वाचित कार्यसमितिहरुलाइ सपथ ग्रहण तथा पद हस्तान्तरण गरेको छ ।
धादिङ उद्योग वाणिज्य संघको पौष २२, २३ र २४ गते सम्पन्न २२ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेसनबाट निर्वाचित भएका कार्यसमितिहरुलाई बुधबार सपथ ग्रहण तथा पद हरुतान्तरण गरेकोे हो । अधिवेशनबाट अध्यक्ष पदको टुङ्गो लागेको भएपनि अन्य पदाधिकारी पदको लागि भने को रहने ठोस गरिएको थिएन । कार्यसमितिको वैठकले पदाधिकारीको टुङगो लगाए पछि पदहस्तान्तरण तथा सपथ खुवाईएको थियो ।
उक्त कार्यक्रममा अध्यक्ष पदमा निर्वाचित हुनुभएका अध्यक्ष बोदनाथ दुवाडीलाई नवनिर्वाचन समितिका संयोजक राममणि मिश्रले सपथ ग्रहण गराउनु भएको थियो भने निवर्तमान अध्यक्ष चन्द्रकान्त अधिकारीले पद हस्तान्तरण गर्नु भएको थियो । त्यसै गरि अन्य पदमा निर्वाचित भएका कार्यसमितिहरुलाई नवनिर्वाचित अध्यक्ष बोदनाथ दुवाडीले सपथ गरहण गराउनु भएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले शुभकामना मन्तव्य राख्नुहुदै नवनिर्वाचित कार्यसमितिहरुलाई अन्य कुनै पनि क्षेत्रमा ननलागि व्यवसायको विकासलाई ध्यानमा काम गर्न आग्रह गर्नु भएको थियो ।