झलनाथ प्रतिष्ठानलाई एक करोड

Avatar photo
Dhadingpost
बिहिबार, माघ १४, २०७२

भिषा काफ्ले, काठमाडौं माघ १४ गते । झलनाथ खनाल प्रतिष्ठान जीवित नेताको नाममा रहेको एउटा उदाहरणीय प्रतिष्ठान हो । त्यो प्रतिष्ठानका लागि निर्देशिका बनाएरै दिन सकिने भए पनि स्वास्थ्य मन्त्रालयले कानुन मिचेर पैसा दिन थालेको छ ।
एक वर्षअघि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको थियो । सर्पदंशको औषधि अनुसन्धान र प्रचारप्रसारका लागि सो प्रतिष्ठानलाई एक करोड ८४ हजार दिने टुंगो लागेको स्रोतले बतायो । प्रतिष्ठानले कर्मचारीको तलब, मसलन्द, घरभाडा, फर्निसिङ लगायतमा खर्च गर्न मागे अनुसार तत्काल १० लाख दिने तयारी भएको छ । आजको नयाँ पत्रिकाले छापेको खबर हो यो ।