धादिङबेसी माघ १३ । जिल्ला मालपोत कार्यालयले आजदेखि अनलाईबाट आफ्नो काम कार्वाही अगाडी बढाएको छ । आज औंपचारिक कार्यक्रमको आयोजना गर्दै मालपोतको काम अव आजैको दिनदेखि अनलाईनबाट गरिने जानकारी दिईएको हो ।
भुमि सुधार मन्त्रालयका महा निर्देशक रोहीतकुमार भट्टराईले मालपोल कार्यालय धादिङ परिसरमा एक औपचारीक कार्यक्रममा बीच मैन बत्ति बलेर अनलाईन सेवाको उद्घाटन गर्नु भएको थियो ।
प्रमुख अतिथि समेत रहनु भएका भट्टराईले अनलाईनबाट काम गर्ने जिल्ला मध्य धादिङ तेस्रो भएको बताउनु भएको थियो । सेवाग्रहीको कामलाई सरल र छिटो बनाउने यो सेवा महत्वपूण हुने बताउनु भएको थियो ।
कार्यक्रमा एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले अनलाई प्रविधि अत्यन्त राम्रो भए पनि दक्षिण महाभारत देखि उत्तर हिमालय सम्म फैलिएको ले अनलाईनबाट काम गर्न कठिन हुन सक्ने बताउनु भएको थियो । समस्या आउनु भन्दा आउन नदिनु महत्वपूर्ण रहेको भन्दै अनलाईन र हस्त लिखित दुवै तरिकाले काम गर्नु पर्ने सुझाव पनि दिनु भएको थियो ।
कार्यक्रममा धादिङ जिल्ला न्यायधिस इश्वरराज आचार्य, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदी जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा राजनीतिक दलका नेताहरुको अतिथ्यता रहेको थियो ।