अन्डर १९ विश्वकप क्रिकेट अन्तरगत आज नेपाल न्यूजिल्याण्ड सँग खेल्दै

Avatar photo
Dhadingpost
बुधबार, माघ १३, २०७२

एजेन्सी । अन्डर १९ विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि बंगलादेशमा सुरु हुँदैछ ।
नेपालले आफ्नो पहिलो खेलमा आज न्यूजिल्याण्डको सामना गर्नेछ । नेपालको समुहमा न्युजिल्याण्डसँगै भारत र आयरल्याण्ड रहेका छन् । यसअघि यही समुहमा रहेको अष्ट्रेलियाले सुरक्षाको कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि आयरल्याण्डलाई समुहमा राखिएको हो । नेपालले समुहको दोस्रो खेलमा शनिबार आयरल्याण्डसँग खेल्नेछ भने अन्तिम खेलमा सोमबार भारतको सामना गर्नेछ ।
नेपालले टेष्ट मान्यताप्राप्त टोलीहरु दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्याण्ड, बंगलादेश र जिम्बाबेलाई पराजित गर्दै उमेर समुहमा आफुलाई अब्बल साबित गरिसकेको छ ।