नेपाल वायु सेवा निगमको ब्राण्ड एम्बेस्डरमा मुन्द्रे नियुक्त

Avatar photo
Dhadingpost
सोमवार, माघ ११, २०७२

काठमाडौं माघ ११ गते । हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) नेपाल वायु सेवा निगमको ब्राण्ड एम्बेस्डरमा नियुक्त हुनु भएको छ ।
निगमले आज आफ्नो तीन वर्षे सुधार कार्ययोजना प्रस्तुत गर्दै मुन्द्रेलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।
एक कार्यक्रमकाबीच पर्यटनमन्त्री आनन्द पोख्रेलले मुन्द्रेलाई निगमको नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै उनले वायु सेवा निगमको प्रचारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
सरकारको तर्फबाट अहिलेसम्मकै ठूलो जिम्मेवारी पाएकोमा खुशि व्यक्त गर्दै मुन्द्रेले निगमले आफ्नो सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताउनु भयो ।
नेपाल वायु सेवा निगमलाई यसअघि निकै व्यंग्य गरिएको सम्झना गर्दै मुन्द्रेले अब भने राष्ट्रिय ध्वजाबाहक जहाजमा यात्रा गर्न सबैलाई सिफारीस गर्ने संकल्प गरेका समेत गर्नु भयो ।