धादिङबेसी, माघ ११ गते । एकल महिला समुह मानव अधिकारको लागि महिला एकल महिला समुह धादिङको दशौँ वार्षिक साधारण सभा तथा अधिवेशन आज धादिङबेसीमा सम्पन्न भएको छ ।
मानव अधिकारको लागि महिला एकल महिला समुह धादिङको तेस्रो अधिबेशशनको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुवेदीले समाजमा एकल महिलाहरुलाई हेर्ने कुदृष्टि तथा भेदभावलाई अन्त्यको लागि सवै महिलाहरु नै एकजुट हुनु पर्ने बताउनु भएको थियो । उहाँले समाज परिवर्तनका लागि महिला मात्र हैन पुरुषको समेत उक्तिकै भुमिका हुने हुँदा विकृति विसंगतिको विरुद्ध बनेको कानुनको कार्यान्वयन गर्न सबै लाग्नु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा हालसम्म धादिङ जिल्लामा १ सय १० वटा एकल महिला समुह समेत गठन भईसकेको सो सस्थाका अध्यक्ष मायादवी शर्माले जानकारी गराउनु भएको थियो ।