धादिङ कल्लेरी माघ ९ । एमाओवादी पार्टी अब माओवाद विचार धारा अनुसार नै आफै नयाँ बन्छ त्यसका लागि अभियान सुरु भै सकेको बताउनु भएको छ । शान्ति प्रक्रियमा आए पछि पार्टी विग्रिएको थियो अब शुद्धिकरण र रुपान्तरण पार्टीको पहिलो काम भएकोले माओ विचारधाराबाटै आन्दोलनको रक्षा र विकासहुने गरि पार्टी नयाँ बन्ने शनिबार एमाओवादी कल्लेरीले गरेको गाविस स्तरीय प्रशिक्षणमा बताउनु भएको हो ।
उहाँले बथित नयाँ शक्ति हौवा दिएर हिजोका आन्दोलन, शहिद तथा वेपत्ताहरुको अपमान हुने गरि कम्युनिष्ट नै त्याग गरेकाहरु कदापी नयाँ शक्ति हुन नसक्ने र अहिलेको नयाँ शक्ति भनेकै एमाओवादी हो, भण्डारीले बताउनु भएको थियो ।
कल्लेरीका गाउँ पार्टी अध्यक्ष रामशरण सेन्चुरीको अध्यक्षमा सम्पन्न प्रशिक्षणमा कल्लेरी गाविसका एमाओवादीका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।