नीलकण्ठ सामुदायीक अध्ययन केन्द्रको दिपक विश्वकर्मा अध्यक्ष बने

Avatar photo
Dhadingpost
आइतवार, माघ १०, २०७२

धादिङबेसी माघ ९गते । नीलकण्ठ सामुदायिक अध्ययन केन्द्रको अध्यक्षमा दिपक विश्वकर्मा निर्वाचित हुनुभएको छ ।
नीलकण्ठ सामुदायिक अध्ययन केन्द्रको शनिबार सम्पन्न आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनवाट विश्वकर्मा अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।
सो अधिबेसनबाट सदस्यहरु कृष्ण खडका, राजाराम रिजाल, हरि अधिकारी, राजेन्द्र राना, मानवहादुर श्रेष्ठ र कमला श्रेष्ठ समेत निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित अध्यक्ष दिपक विश्वकर्माले समुदायीक अध्ययन केन्द्रको थप सुदृढ विकास र जिल्लाको उदाहरणीय अध्ययन गर्न लायक अध्ययन केन्द्र बनाउने आफ्नो पहिलो काम हुने बताउनु भएको छ । निर्वाचित सदस्यहरु अध्ययन केन्द्रको लागि केहि गरौ भन्ने अभिप्रायले आउनु भएको छ सबैको क्षेमता लगाईन्छ काम गर्न दिनोस् हामी केहि गरेर देखाउँछौ विश्वकर्माले धादिङपोष्टलाई बताउनु भयो ।