धादिङबेसी माघ ८ गते । एमाओवादी धादिङले आज कान्तिपुर दैनिकमा छापिएको समाचार प्रति आपत्ति जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै एमाओवादी धादिङले जिल्ला कमिटिको बैठकले मानोनित गरी जिल्ला सदस्य बनाएका व्यक्तिहरु समेत कारवाहीमा परे भनेर झुट समाचार प्रकाशित गरेको भन्दै विज्ञप्ती निकालेको हो ।
केहि दिन अघि एमाओवादीका ३ नं. प्रदेश सेक्रेटरी नारायण दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला समितिको वैठकले नयाँ शक्तिमा गएको भन्दै जिल्ला उपाध्यक्ष राजु नेपाल सहित ९ जनालाई पार्टी सदस्य समेत नरहने गरि कार्वाही गरेको थियो । उक्त रिक्त स्थानमा भरत कोईराला, अर्जुन खतिवडा, हरि विश्वकर्मा, होमबहादुर ढकाल, तेज बहादुर भण्डारी र तिलक चेपाङलाई जिल्ला समिति सदस्यमा मनोनयन गरेको थियो ।
मनोनित सदस्यलाई समेत कार्वाही गरेको भनेर कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि एमाओवादी धादिङले झुट समाचारको खण्डन गरेको बताएको छ । सत्य तथ्य समाचार लेख्न कान्तिपुरलाई आग्रह समेत विज्ञप्तीमा मार्फत आग्रह गरेको छ ।
आजको कान्तिपुरमा छापिएको समाचार