मोरङ । दुई दिनदेखि तनावग्रस्त रंगेलीमा बिहीबार प्रहरीको गोलीबाट ३ जनाको मृत्यु भएको छ । मृतकमा एकजना महिला छिन् । एमाले भातृ संगठन युवा संघले मधेसी बाहुल्य क्षेत्र रंगेलीमा आफ्नो कार्यक्रम राखेपछि बुधबारदेखि नै त्यहाँ तनाव बढेको थियो ।
युवा संघको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली जाने भनेपछि रंगेलीमा तनाव सुरु भएको थियो । मधेसी मोर्चाले रंगेली क्षेत्रमा बन्द आहृवान गर्दै लगातार प्रदर्शन गरेपछि रंगेली तनावग्रस्त भएको थियो ।
बिहीबार कार्यक्रममा प्रधानमन्त्री त गएनन् । तर, एमाले महासचिव ईश्वर पोखरेल उपस्थित भएको कार्यक्रम पनि मोर्चाले विथोल्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।
रंगेलीमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ५८ वर्षीया द्रोपतीदेवी चौधरीको मृत्यु भएको छ । उनी रंगेली ४ की हुन् । उनको शव प्रहरीले कोशी अञ्चल अस्पतालमा पुर्याएको छ ।
डाइनियामा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर १८ वर्षकी चिबु माझीको मृत्यु भएको छ । यस्तै महादेव ऋषिदेवको पनि गोली लागेर मृत्यु भएको छ ।
खुकुरी प्रहारबाट ५ जना घाइते भएका छन् ।
यसै घटनाका कारण तराई केन्द्रित दलहरु र ठुला ३ दल बिचको निर्णयक हुने भनिएको बार्ता समेत बिना निष्कर्ष टुङ्गिएको छ ।