कम्मर भन्दा माथि चल्दैन तर खुट्टाले सबै काम गर्छिन यी धादिङ नलाङकी बालिका

Avatar photo
Dhadingpost
माघ ७, २०७२

धादिङबेसी माघ ७ गते । शारिरिक रुपमा अपाङग भएका तर बौद्धिक रुपमा तृष्ण लेखिकाका प्रसिद्ध झमककुमारी घिमिरेको बारेमा त हामी सबैले सुनेका छौं । यस्तै तर अलि प्रथक स्वभावकी एक बालिका छिन् धादिङको नलाङ गाउँ विकास समितिमा । यी बालिका खुट्टाले तस्वीर, बनाउले देखि नेपाली अक्षरहरु राम्ररी लेख्न सक्छिन् ।

सामान्य किसान परिवारमा जन्मेकी यी बालिका भर्खर ८ वर्षकी भईन आमाले भ्याएको बेला कहिले काँहि स्कुल पनि जान्छिन् । २ कक्षामा पढ्दै गरेकी यी बालिका हुन् विपना तमु, उनको कम्मर भन्दा माथि शारिरिक रुपमा चल्दैन भन्दा फरक पर्दैन । उनी कम्मर भन्दा माथिको भागलाई दायाँ–बायाँ केहि घुमाउन र निहुँरिन भने सक्छिन् । तर दुबै हात पूर्ण रुपमा चल्दैनन् ।

नलाङ झगरे गुरुङ गाउँमा डिलबहादुर तमु र चन्द्रकला तमुको कोखबाट विपाना जन्मिएकी हुन् । ४ सन्तान मध्ये कान्छि छोरीकी रुपमा जन्मिएकी यी विपना जन्मेदेखि शारिरिक रुपमा अपाङ्ग हुन् । उनीलाई तिमी ठुली भएसी के बन्छौ भनेर कैसैले सोधिहाले एउटै जवाफ आउँछ डाँक्टर बन्छु । बोलीमा त्यति शुद्धता नदेखिए पनि एउटा तृष्ण क्षमता उनीमा पाउन सकिन्छ ।

अपाङ्ग हुनुको कारण

छोरी अपाङ्ग हुनुमा आफ्नै कारण भएको आमा चन्द्रकला तमुको दावी छ । म प्रश्चतापमा छु, मैले नजान्दा र सामाजिक कुरीतीलाई पक्ष्याउँदा छोरीको यस्तो हालत भयो उनले धादिङपोष्ट सँग भनिन् ।
हामी थप सन्तान नजन्माउने सोचमा थियौं, त्यसैले घरेलु औंषधी प्रयोगबाट पनि गर्भ पतन हुन सक्छ भन्ने कुरा सुनेंको थें । त्यहि अनुरुप मैले सिउँडीको दुत सेवन गरेँ गर्भ पतन भएन तर त्यो विषाधीको कारण मेरी छोरी शारिरिक रुपमा अपाङ्ग भएर जन्मन पुगिन् । यस्तो गल्ती लुकाए समाजमा अर्को घटना समेत दोहोरीन सक्छ त्यसैले यो मैले भन्नै पर्ने ठानेर भनेकी हुँ आमा तमुले भन्नु भयो ।

गरिविको कारण उपचार र शिक्षा दिक्षमा समस्या

विपनाको बुबा डिलबहादुर सामान्य किसान हुनुहुन्छ । उपचारको लागि सुरुमा वास्ता गरिएन जन्मदै यस्तै हो भनेर अहिले थेरापी गरे निको हुन्छ भन्ने पनि सुनेका छौ आर्थिक चपेटामा छट्पटिएका हामी अस्पताल जान नसकेको बताउनु हुन्छ । हामी सँगको कुराकानीमा डिलबहादुर छोरीलाई पढाउन र उपचारमा र पढन पाठनमा कसैले सहयोग गरे जीवनयापनमा अलि सन्तोस मिल्थ्यो भन्नु हुन्छ ।

उपचार पनि हुन सक्छ

धादिङ जिल्लामा लामो समय देखि सामुदायीक स्वास्थ्य सहज कर्ता भगवानी सिलवाल र सामुदायीक निरिक्षक स्वास्थ्य निरिक्षक दुर्गानारायण श्रेष्ठले पनि यी बालिकालाई भेट्नु भयो । सहज कर्ता सिलवाल र श्रेष्ठका अनुसार यी बालिकालाई नियमित रुपमा थेरापी गरिए निको हुन पनि सक्छ तर जन्मजातै अपाङ्ग भएकोले पूर्ण निको नै हुन सक्छ भन्ने ।