पृथ्वी भन्दा १० गुणा ठूलो ग्रह फेला पर्यो

Avatar photo
Dhadingpost
बिहिबार, माघ ७, २०७२

अमेरिका । सौर्य मण्डलमा पृथ्वीभन्दा ठूलो नयाँ ग्रह पत्ता फेला परेको छ । अमेरिकाका अन्तरिक्ष वैज्ञानिकहरुले नयाँ ग्रह पत्ता लगाएकबा हुन् ।
नयाँ पत्ता लागेको ग्रहको आकार पृथ्वीको भन्दा १० गुणा बढी रहेको वैज्ञानिकहरुको दावी छ । क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले पत्ता लगाएको नयाँ ग्रहको नाम तत्कालका लागि ‘प्लानेट नाइन’ राखिएको छ ।
यो अनुसन्धान र त्यसको उपलब्धीले सौर्य मण्डल तथा आकाश गंगाको विषयमा हुने नयाँ जानकारी प्राप्त गर्न सकिने वैज्ञानिकहरुको भनाइ छ । प्लानेट नाइनले बरुणले भन्दा २० गुण छिटो सूर्यको परिक्रमा गर्ने अनुसन्धानकर्ताले बताएका छन् ।