धादिङबेसी माघ ६ गते । नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन प्रेस यूनियन धादिङले आज जिल्ला प्रशासन कार्यालय धादिङमा ज्ञापन पत्र बुझाएको छ । नेपाली काँग्रेसका सन्त नेताका रुपमा चिानएका स्व. कृष्ण प्रसाद भट्टराई राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको नाम परिवर्तन गर्ने सरकारी निर्णयको विरुद्धमा प्रेस यूनियन धादिङले ज्ञापन पत्र बुझाएको हो ।
प्रेस यूनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन पुगेका पत्रकारहरुले सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मालाई सरकारी नीतिको विरोधमा तयार गरिको ज्ञापन पत्र बुझाईएको थियो ।
सरकारले तालिम र प्रशिक्षणमार्फत् पत्रकारितको प्रवद्र्धन गर्न खुलेको राष्ट्रिय आम सञ्चार प्रतिष्ठानबाट पत्रकार महासंघका पहिलो सभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाम हटाएको हटाए पछि युयिनले आन्दोलन गर्न तयारीमा पुगेको हो । सञ्चार मन्त्रालयस्तरीय निर्णयबाट मन्त्रिपरिषदमा लान तयारी गरेको प्रतिष्ठान गठन आदेशमा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ को नाम परिवर्तन गरी ‘राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ राखिएको छ ।