विप्लब माओवादीका चार केन्द्रीय सदस्य नयाँ शक्तिमा

Avatar photo
Dhadingpost
बुधबार, माघ ६, २०७२

काठमाडौ माघ ६ गते । नेकपा माओवादी विप्लब पार्टीका चार केन्द्रीय सदस्य बाबुराम भट्टराईको नयाँ शक्तिमा प्रवेश गरेका छन् ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्यहरु ठाकुरप्रसाद चापागाई, गगनबहादुर थापा, तेजप्रसाद अधिकारी र बसन्त घर्तीमगर नयाँ शक्तिमा जाने घोषणा गरेका हुन् ।
१० वर्षे बलिदानको त्यागको मुल्य मान्यतालाई विप्लव माओवादीले आत्मसाथ गर्न नसकेकोले आफूहरु नयाँ शक्ति अभियानमा लाग्न परेका ति नेताहरुले बताएका थिए ।