धादिङबेसी माघ ६ । अर्काे हप्ता बंगलादेशमा हुने यू १९ विश्वकप क्रिकेटमा सहभागी हुने नेपाली टोली आज बंगलादेश प्रस्थान गर्दैछ । प्रतियोगिताका लागि २० सदस्यीय नेपाली टोली आज बंगलादेश जान लागेको हो । टोलीका कप्तान राजु रिजाल छन् भने उपकप्तान आरिफ शेख रहेका छन् । यसैगरि सुनिल धमला, सन्दीप सुनार, योगेन्द्रसिंह कार्की, शंकर राना, दीपेन्द्रीसंह ऐरी, राजवीर सिंह, प्रेम तमाङ, इशान पाण्डे, दीपेश श्रेष्ठ, सन्दीप लामिछाने, सुशील कँडेल, हिमांशु दत्त र कुशल भुर्तेल छन् । मुख्य प्रशिक्षकमा जगतबहादुर टमाटा छन् । बलिङ प्रशक्षिकमा विनोद दास छन् । व्यवस्थापकमा सुदीप शर्मा छन् भने प्राविधिक विश्लेषकमा रमण सिवाकोटी र चिकित्समा दिनेश भट्ट रहेका छन् । नेपालले माघ १४ गते न्युजिल्यान्डसँग पहिलो खेल खेल्ने छ । नेपाल रहेको समूहमा आयरल्यान्ड र भारत रहेका छन् ।