राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तरगत धादिङ क्षेत्र नं.१ को खेल जारी

Avatar photo
Dhadingpost
बुधबार, माघ ६, २०७२

धादिङबेसी । धादिङ जिल्लाको क्षेत्र नं. १ अन्तरगतको पाँचौं राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको चुलीदेवि माध्यामिक विध्यालय सल्यानटारमा संचालन भएको हो ।
प्रतियोगिताको दाश्रो दिन मंगलबार भएको खेलमा पहिलो सेटको खेलमा छात्र भलिबल तर्फ बद्री विशाल उच्च माध्यामिक विद्यालय बुढाथुमले सल्यानटार उच्च माध्यामिक विद्यालय २५-१६ र २५-११को अंकले हराउँदै बद्री विशाल उच्च माध्यामिक विद्यालय फाईनलमा प्रबेस गरेको छ ।
देश्रो सेटको खेलमा तामाङ खर्क उच्च माध्यामिक विद्यालय गुम्दी र बसेरी माध्यामिक विद्यालय बसेरी खेलेका थिए यो खेलमा तामाङ खर्क उच्च माध्यामिक विद्यालयले बसेरी माध्यामिक विद्यालय बसेरीलाई २५-१७ र २५-०९मा हराएको थियो । यो समुहबाट तामाङ खर्क उच्च माध्यामिक विद्यालयल फाईनलमा प्रवेस गरेको छ ।
यस्तै छात्रा तर्फ पहिलो सेटको खेलमा सल्यानटार उच्च माध्यामिक विद्यालयलाई हराउदै चुलीदेवि माध्यामिक विद्यालयल सेमि फाईनलमा प्रवेस गरेको छ ।
दाश्रो सेटको खेलमा रानी पौवा उच्चमाविलाई हराउँदै बसेरी उमावि सेमीफाईनल प्रवेस गरेको छ । प्रतियोगितामा कवडी, लङ्जम्प, हामईजम्प, रिले दौड, लागाएतका खेलहरु समावेस गरिएको छ । फोटो गतवर्ष आयोजित खेलको हो ।