काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारका एक सय दिन पूरा भएको छ ।
नाकाबन्दी र आन्दोलनकाबीचमा गठन भएकोले सरकारले सय दिन वित्दा समेत यो सरकारले उल्लेख्य काम केहि गर्न सकेन ।
सरकार सहभागि दलभित्र र बाहिर सरकारको कामको मुल्याङ्क भएको छ ।
एमाले अध्यक्ष ओलीको अध्यक्षतामा गतअसोज २४ गते नयाँ सरकार गठन भएको थियो सरकारले यही बीचमा पुनःनिर्माण महाअभियानको काम सुरु गरेको छ । नागरिकलाई सेवा दिने भन्दा बढी समय आन्दोलन समाधान गरेर नाकाबन्दी सहज बनाउनेमा सरकारले समय खर्च गरेकाले अपेक्षाअनुसार काम गर्न नसेकेको सरकारले जनाएको छ ।
सरकार प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अपेक्षाअनुसार काम गर्न नसकेको तर केही महत्वपूर्ण निर्णय गरेको बताउनुभयो । आज सरकारले सय दिनको समिक्षा सहित केही कामको विवरण जानकारी गराउने तयारी गरेको छ ।


