गोरखाका ३ सय ९७ बिद्यालयलाई शैक्षिक सामाग्री

Avatar photo
Dhadingpost
सोमवार, पुस २०, २०७२

gorkhaगोरखा । जिल्ला शिक्षा कार्यालय गोरखा समन्वयमा बिद्यालयहरुलाई शैक्षिक सामाग्री वितरण गरिने भएको छ । । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले यूनिसेफ र विश्व शिक्षाको आर्थिक तथा प्राविधिक सहयोगमा शैक्षिक सामाग्री बितरण हुने आईतबार जिल्ला शिक्षा कार्यालय गोरखामा भएको शैक्षिक सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रममा उक्त जानकारी गराईएको हो । जिल्ला शिक्षा कार्यालय गोरखामा आयोजित शैक्षिक सरोकारवालाको अभिमुखिकरण कार्यक्रममा जिल्ला शिक्षा अधिकारी हरि अर्यालले संस्था मार्फत प्राप्त हुने शैक्षिक सामाग्रीले बिद्यालयहरुमा शैक्षिक गुणस्तर अभिबृद्धि गर्न र शिक्षकहरुलाई शिक्षण गर्न स्रोत सामाग्रीको रुपमा गर्ने बातावरण सिर्जना हुने बताउनु भयो । कार्यक्रममा गोरखा जिल्लाका बिद्यालय निरिक्षकहररु,स्रोत व्यक्तिहरु,पत्रकार,यूनिसेफका अधिकृत खगेन्द्र सुब्बा लगायतको उपस्थिति रहेको थियो ।
गोरखा जिल्लाको ३९७ बिद्यालयहरुमा स्कूल किट,मनोञ्जन किट र बालबालिका किट वितरण गर्ने कार्यक्रम रहेको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशकले जानकारी दिए । बैशाख १२ को भूकम्पपछि जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरी धादिङ जिल्लाका सबै ५८७ बिद्यालयहरुमा शैक्षिक सामाग्री वितरण ,२ सय बिद्यालयमा अस्थायी सिकाई केन्द्र ,२ सय बिद्यालयमा खानेपानी र २६९ वटा अस्थायी शौचालय निर्माण सफलतापूर्वक सम्पन्न गरिसकेको संस्थाले गोरखा जिल्लामा पालुङटार,गोरखा नगरपालिका र आरुघाट गरी ३ स्थानलाई सेन्टर बनाएर ३९७ बिद्यालयहरुमास् कूल किट्स,मनोञ्जन किट्स र बालबालिका किट्स गरी ३ किसीमका शैक्षिक सामाग्री वितरण र बालबालिकाहरुको पहूँचमा शैक्षिक सामाग्री पुर्याउने संस्थाका संथापक उपाध्यक्ष कपिलदेव सापकोटाले जानकारी दिए ।