सहिद स्मृति संचार सहकारीको अध्यक्षमा जगत सिंखडा निर्वाचित

Avatar photo
Dhadingpost
शनिबार, पुस १८, २०७२

OLYMPUS DIGITAL CAMERA
धादिङबेसी । रेडियो बिहानी संचालन गरि रहेको सहिद स्मृति संचार सहकारीको अध्यक्षमा जगत सिंखडा निर्वाचित हुनु भएको छ ।
आज धादिङबेसीमा सम्पन्न सहिद स्मृति संचार सहकारीको छैटौं साधारण सभा तथा दोश्रो अधिबेशनबाट सिंखडा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
निर्वाचित कार्य समितिको उपाध्यक्षमा द्वय मनराज भण्डारी र कमल सापकोटा, महासचिवमा सुदर्शन खतिवडा, सचिवमा दिनेश अधिकारी र कोषध्यक्षमा विष्णु प्रसाद कोईराला निर्वाचित हुनु भएको छ ।
अधिवेशनले विधान अनुसार महिला दलित जनजाती गरि कुल १७ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा सुपर्यवेक्षण समिति निर्वाचित गरेको निर्वाचन मण्डलका संयोजक केशरी पन्तले घोषणा गर्नुभएको थियो ।
सदस्यहरु
नारायण सिलवाल, शंकर अधिकारी, भरत कोईराला, खेमराज भुजेल, बोदनाथ दुवाडी, संगिता कडेल, सृजना रिजाल, प्रमोद पोखरेल, विष्णु श्रेष्ठ, रामबहादुर ढकाल, सुदिप रसाईली रहेका छन् ।
लेखा समिति
संयोजक– सुदर्शन बसौला
सदस्य– भेषराज रिजाल र बद्री अधिकारी
यस दोेस्रो अधिवेशन तथा छेटौं साधारणसभाको उद्घाटन सत्रमा ‘बुढीगण्डकी जलविद्युत परियोजना र धादिङको विकास’ बिषयक अन्तक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERAअन्तरक्रिया कार्यक्रममा विशेष अतिथि लक्ष्मी प्रसाद देवकोटाले बुढीगण्डकी जलविद्युत परियोजना सम्बन्धी र अतिथि पर्यटन व्यवसायी ज्योति अधिकारीले बुढीगण्डकी जलविद्युत परियोजना र यसले पर्यटन क्षेत्रमा पुर्याउने सहयोगको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा एमाओवादी धादिङका केन्द्रिय सदस्य तथा अधिवेषनका सभापति पुष्पविक्रम रेडियो बिहानी जनताको आवज बनि रहेको र यसको महत्व साम्दायीक विकास साँग जोडिएको बताउनु भएको थियो ।
OLYMPUS DIGITAL CAMERA