मेहबुब आलमको नाममा रेकर्ड, एउटै म्याचमा १० विकेट

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १७, २०७२

नेपालका क्रिकेट खेलाडी मेहबुब आलमले आज हैन सन् २००८ मा रेकर्ड तोडेर गिनिज बुकमा नाम लेखाइसकेका छन्। मेहबुब आलमले आइसीसीको आधिकारिक वन डे म्याचमा सबै १० विकेट लिने पहिलो बलरको रेकर्ड बनाएका थिए।
सन् २००८ मे २५ को दिन जर्सीमा खेलिएको मोजाम्बिक विरुद्धको म्याचमा नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा सात विकेट गुमाएर २३८ रन बनाएको थियो। अझै रन बनाउने प्रयत्न सफल हुने सकेन। तर त्यसपश्चात जे भयो त्यो अकल्पनिय थियो। कसैले सोचेका थिएनन कि मेहबुबले यो म्याचमा यस्तो बलिङ गर्नेछन्, विरोधी टीम केवल १९ रनमा सिमित भयो।
nepal-mehaboob-record-2पहिलो ओभरमा मोजाम्बिकको कुनै विकेट खसेन, तर आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ५ को यो म्याचमा जब मेहबुब बलिङ गर्न मैदानमा उत्रिए तब कुनै ब्याटस्म्यान उनको अगाडी टिक्न सकेकन्। एक पछि अर्को विकेट झर्दै गयो। मेहबुबले मोजाम्बिकलाई १९ रनमा सिमित गरिदिन, १० वटै विकेट लिएर।
मेहबुबले यो म्याचमा ७.५ ओभरमा १२ रन दिएर १० विकेट लिएका थिए।