एक्सन चलचित्र “छल“को फस्टलुक पोस्टर सार्वजनिक

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १४, २०७२

6alकाठमाडौ । एक्सन चलचित्र “छल“को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । करिब दुई बर्षअघि निर्माण सुरु गरिएको यो चलचित्र यतिबेला भने रिलीजको लागी तयार भएको छ । शिबजीले निर्देशन गरेको यो चलचित्रले फस्टलुक पोस्टर सार्वजनिक गर्दै माग ८ लाई आफ्नो रिलीज मिती समेत तोकेको छ ।

चलचित्रमा प्रजोल गिरी , सन्जोग राणा ,सोनीया गिरी , सबिना कार्की , कबिसा श्रेष्ठ ,स्याम मगर ,श्रीदेब भट्टराई लगायतका कलाकारको चलचित्रमा अभिनय देख्न सकिन्छ ।

हरि कुवर र देबको लगानीमा तयार भएको यो चलचित्रमा मुकेस हुमागाईको छायांकन , शंकर महर्जनको एक्सन , अजय र बिक्रमको नित्य रहेको छ ।

एक्सन दृश्यलाई छायांकन गर्दा धेरै समय लागेको निर्देशक शिबजी बताउछन् यस्तै चलचित्रमा दर्शकले भरपुर एक्सनमा रमाउन पाउने नायक सन्जोग राणाको भनाई छ ।