आज एका बिहानै एमाले नेताको हत्या

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १४, २०७२

Ramnaresh-Yadav-Sarlahiमर्निङ वाकमा निस्किएका एमाले नेतालाई अज्ञात समुहले हत्या गरेको छ । मर्निङ वाक’मा निस्किएका यादवको हेमपुर-८ रनियामा रामनरेश यादवलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यादव सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले सर्लाहीका नेता हुन् । एमाले सर्लाहीका अध्यक्ष रेवती पन्तका अनुसार यादव बिहान ५ बजे नै मर्निङ वाकका लागि निस्किएका थिए, हत्या कस्ले किन गर्यो पत्ता लागेको छैन ।
सर्लाहीका प्रहरी उपरीक्षक केदार ढकालका अनुसार मर्निङ वाकमा निस्किएका यादवलाई सुनसान ठाउँमा बिहानै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।