भोली धादिङबेसीमा १२२ औं माओ जयन्ती मनाईदै

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १०, २०७२

mao_zedong_by_nicollearl-d3lovssधादिङबेसी । एमाओवादी धादिङले भोली कम्युनिष्ट आन्दोलनका चर्चित तथा चिनियाँ साम्यवादी नेता माओको जन्मोत्सव मनाउन लागेको छ ।
जनवादी क्रान्तिका नेता तथा सर्वहारा अगुवा आन्दोलनका नेता माओत्सेतुङ्को १ सय २२ ओं जन्म जयन्तीको अवसरमा धादिङ बेसीस्थित पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो .
एमाओवादी धादिङका अध्यक्ष रामबहादु रभण्डारीले अन्तर क्रिया कार्यक्रम दिनको ठिक ११ बजे गरिन लागेको र अन्तर क्रिया माओक विचार र क्रियान्वयन सम्बन्धमा हुने बताउनुभयो ।

सन १८९३ डिसेम्बर २६ तारिखका दिन अध्यक्ष माओको जन्म हुनान प्रान्तको साओसान गाँउमा भएको हो । उहाँको मृत्यु १९७६ सेप्टेम्बर ९ तारिखमा भएको थियो । रसिया र जर्मनीमा उठेको कम्युनिष्ट आन्दोलनलाई चिनिया मोडलमा दिर्घकालिन जनयुद्धको रुपमा कार्यन्वयन गरेर उहाँले चिनमा कम्युनिष्ट शाशन स्थापना गर्नु भएको थियो । तात्कालिन नेकपा माओवादीले माओका राजनीतिक तथा सैन्य राणनितिलाई आधार मानेर नेपालमा १० बर्षे जनयुद्ध सफल पारेको थियो ।

माओको जीवनी
उपनाम: माओ
जन्म: २६ दिशम्बर १८९३
शाओसान, जिआङ्तान, हुनान, क्विङ् डाइनेस्टी
मृत्यु: ९ सितम्बर १९७६
बेजीङ्, चीन
कार्यक्षेत्र: क्रान्ति, राजनीति
राष्ट्रीयता: चीनी
महत्वपूर्ण कार्य: चिनी क्रान्ति

राजनीति

माओ त्से-तुंग (Mao Zedong) अथवा (Mao Tse-tung)को जन्म २६ दिशम्बर १८९३ मा र मृत्यु ९ सितम्बर १९७६ मा भएको हो| उनी चीनी क्रान्तिकारी, राजनैतिक विचारक र साम्यवादी दलका नेता हुन्, जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो| उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका हुन् | मार्क्स वादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओवादको नामले जानिन्छ|
वर्तमानमा कतिपय मुलुकमा माओ एक विवादास्पद व्यक्ति मानिएता पनि चीनमा राजकीय रुपमा महान् क्रान्तिकारी, राजनैतिक रणनैतिकार, सैनिक पुरोधा अनि देशरक्षक मानिन्छन्| धेरै चीनी व्यक्तिहरुको मत अनुसार माओले आफ्ना नीति र कार्यक्रमका माध्यमले वर्तमान चीनको आर्थिक, तकनिकी एवं सांस्कृतिक विकास तथा पछाडिएको देशलाई संसारको प्रमुख शक्तिको रुपमा खडा गराउन गतिलो भूमिका निभाएकाछन्| उनी कवि, दार्शनिक, दूरदर्शी महान् प्रशासकको रुपमा मानिन्छन् यसको विपरीत, माओका सामाजिक तथा राजनैतिक कार्यक्रमहरु ग्रेट लीप फॉरवर्ड (Great Leap Forward) र सांस्कृतिक क्रांतिको कारण गंभीर अकाल सृजना भएको र चीनी समाज, अर्थव्यवस्था तथा संस्कृतिलाई समेत हानि पुरयाएको कुरामा कतिपय व्यक्तिहरु विश्वास राख्दछन्, जसको फलस्वरुप सन् १९४९ देखि १९७५ सम्म करोडौं मानिसहरुको व्यापक मृत्यु भएको बताउँछन्|[१] माओ संसारका सबैभन्दा प्रभावशाली व्यक्तिहरुमा गनिन्छन्| र टाइम मेगाजिन पत्रिका अनुसार २०औं शताव्दीका १०० सबभन्दा प्रभावशाली व्यक्तिहरुमा माओ पर्छन्|[२]

प्रारम्भिक जीवन

जिन्हाई क्रातिको बेला माओ हुनानको स्थानीय रेजिमन्टमा भर्ती भई क्रान्तिकारिहरुको तर्फबाट लडाईंमा भाग लिए, जब कुइङ् राजवंश सत्ताच्युत भयो त्यसपछि माओ सेना छोडी पुनः विद्यालय गए| सन् १९१८ मा स्नातक बनेपछि सन् १९१९ को चार मई आन्दोलनको निम्ति आफ्ना शिक्षक अनि भविष्यका ससुरा प्राध्यापक याङ् च्याङ् जि सित बेजीङको यात्रामा गए| प्राध्यापक याङ् च्याङ् जि पेकिङ् विश्वविद्यालयमा महत्वपूर्ण पदमा रहेको कारण उनको सिफारिसमा माओले सहायक पुस्तकालयाध्यक्ष पदमा रही काम गरे| माओले अंशकालिक (part-time) छात्रमा पंजीकृत भई केही मात्रामा व्याखान र विद्वानहरुको सेमिनारहरुमा भाग लिए । सङ्घाईमा रहँदा साम्यवादी सिद्धान्तको अध्ययनमा आफूलाई संलग्न गराए|
लुओ यिक्सिनोसित विवाहित( बाबुले गराईदिएको विवाह जसलाई माओले कहिल्यै स्वीकारेनन्)) भएर पनि उनले प्रोफेसर यांगकी छोरी तथा आफ्नी सहपाठी यांग काइहुइसित् बिहे गरे। अक्टूबर १९३० मा, कुओमिन्टांग (KMT)ले यांग काइहुइ र उसको छोरा एनिंगलाई पक्रा गर्‍यो । (KMT)ले दुवैजनालाई बन्दी बनायो, पछि गएर एनिंगलाई उसका आफन्तकहाँ पठायो तर उसकी आमालाई भनें मारिदियो। त्यस बेला माओ उनकी सहकर्मी १७ वर्षिया केटी हि जिझेन्सित बस्थे,[३] भाषा कौशलतामा कमजोर भएकाले जियांग सम्प्रदायसित बसेता पनि उनले मन्दारिन् चीनि भाषा सिक्न सकेनन्। उनले फ्रांसमा अध्ययन गर्ने अवसरलाई पनि अस्वीकार गरे। [४]
२३ जुलाई १९२१ का दिन, माओले, २७ वर्षको उमेरमा सङ्घाइमा चीनको कम्युनिष्ट पार्टीको राष्ट्रीय काङ्ग्रेस मा भाग लिए । दुई वर्षपछि, उनी पार्टीको तेस्रो काङ्ग्रेस अधिवेशनमा पांच कमिसारमध्येमा एक प्रतिनिधिको रुपमा छानिए सोहि साल केन्द्रीय समितिको आदेशमा माओ हुनान् कुओमिन्टांग साखा सञ्चालन गर्नका निम्ति हुनान् फिरे। [५] सन् १९२४ मा, उनी कुओमिन्टांगको राष्ट्रीय अधिवेशनका प्रतिनिधि बने, जहाँ उनी केन्द्रीय समितिका अतिरिक्त प्रमुख छानिए।