धादिङबेसीमा इसाई धर्मालवम्बीहरु मनाए क्रिसमस

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १०, २०७२

धादिङ । christmas quotesयेशू ख्रीष्टको जन्मोत्सव धादिङ लगाएत देश भरका ईसाई धर्मलम्बिहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरि क्रीसमस मनाएका छन् ।
शिंकिल एवेनेजर मण्डलीले धादिङले एक कार्यक्रमको आयोजना गरि आज धादिङबेसीमा यशुको प्रर्थना तथा भजन, किर्त, गीत गाउनुका साथै एक आपसमा शुख शन्ति र समृद्धिको कामना गर्दै रमझमका साथ येशू खी्रष्टको शुभ जन्मोत्सव तथा ख्रीष्ट महोत्सव कार्यक्रम २०७२ मनाएका छन् । इसाई धर्मालवम्बीहरुले जिसस क्रइष्टको जन्म दिनको रुपमा क्रिसमस मनाउने गर्दछन् ।
त्यस्तै गरि पाष्टर विष्णु श्रेष्ठले दिप प्रज्वलन गरि कार्यक्रमको उद्यघाटन गर्नुभएको थियो । कार्यक्रममा प्रकाश गोलेले स्तुति प्रशंसा, वविन लामाले प्रवचनको प्रार्थना गराउनु भएको थियो । कार्यक्रममा इसायी समुदायका युवायुवतीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
शिंकिल एवेनेजर मण्डलीका पाष्टर लेकबहदुर तामाङले ख्रिष्टको जन्मोत्सब तथा क्रीसमसमहोत्सवमा सहभागिहरुलाई ख्रिष्टको सुभ आशिर्वादको प्रार्थना गराउनु भएको थियो ।