मलेखुमा राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सव सुरु

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १०, २०७२

maxa copyउपेन्द्र जमकट्टेल, धादिङ, बेनिघाट ।
धादिङको बेनिघाट १ मलेखुमा आज देखि राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सव सुरु भएको छ । उद्योग मन्त्री सोमस्रसाद पाण्डेले एक विशष समारोहको बिच मेला उद्घाटन गर्नु भएको हो । घरेलु उद्योग कृषि जलस्रोत पर्यटन प्रवद्र्धन आर्थिक सम्बृद्धि हाम्रो अभियान भन्ने नाराको साथमा मेलामा नेकपा एमालेका नेता राजेन्द्र पाण्डे, एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी, जिल्ला स्थिित सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।
उद्रघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सोमप्रसाद पाण्डेले मलेखुको माछाले प्रसिद्ध मलेखु बजारमा माछा महोत्सवले राज्य कै प्रतिष्ठा बोकेको बताउनु भएको थियो । उहाँले नाकाबन्दीका बीच अभावै अभावमा पनि महोत्सव आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै आयोजकलाई धन्यावाद दिनु भएको थियो ।
नेकपा एमालेको जनवर्गिए संगठन नेपाल राष्ट्रिय वाणिज्य संघ जिल्ला कार्यसमिति धादिङको आयोजनामा हिजो देखि सुरु भएको मेला पौष १९ गते सम्म संचालन हुनेछ । मेलामा १० करोडको कारोबार हुने र २ लाख मानिसहरुले मेलाको अवलोकन गर्ने संलक्ष्य आयोजकले राखेको छ ।
जिल्लाको आर्थिक एवं सामाजिक उत्थानका लागि उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वस्थ्य क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा टेवा पु¥याउदै ब्यावसायिक उत्थान तथा निकासी योग्य वस्तुको उत्पादन र गुणस्तरमा जोड दिने उद्देश्यका साथ मेलाको आयोजना गरिएकोे ले सबैले अवलोकन गर्न कार्यृक्रमका सभापति लोकनाथ डल्लाकोटीले आग्रह गर्नु भएको हाम्रा सहकर्मी उपेन्द्र जमकट्टेलले जानकारी दिनु भयो ।