शिक्षक हटाउने राजनीतिमा प्रशासन लागेको भन्दै विद्यालय बन्द

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ३, २०७२

binodसुमन अधिकारी,
धादिङ, धुवाँकोट । सरस्वती उच्च माध्यामिक विद्यालय धुवाँकोट एक साता देखि बन्द छ ।
धुवाकोट वार्ड नं. ७ मा रहेको यस विद्यालयमा प्रसाशन र जिल्ला शिक्षा कार्यालयले शिक्षक हटाउन राजनीति गरेको भन्दै विद्यार्थीहरुले अनिश्तिकानि रुपमा बन्द गर्दा विद्यालय एक सातदेखि बन्द भएको हो ।
विज्ञान विषय पढाई रहेका अस्थायी माध्यामिक दरबन्दीका शिक्षक विनोद सामरीलाई विस्थापित गरि जिल्ला शिक्षा कार्यलय र विद्यालय प्रसाशनले नयाँ शिक्षक पोष्टिङ गर्न लागेको विरोधमा विद्यालय बन्द गरिएको विद्याथीहरुले बताएका छन् ।
विगच ४ वर्ष देखि विज्ञान विषय पढाउदै आएका शिक्षक विनोद सामरीलाई राजनैतिक पूर्वाग्रहका साथ हटाई नयाँ शिक्षक ल्याउने तयारी गरिएको छ । शैक्षिक सत्रको मध्यतिर शिक्षक हटाउनु पर्ने कारण केहि छैन मात्र राजनीति हो स्कुलमा राजनीति नगर भन्दै विद्यालय बन्द गरिएको विद्यार्थीहरुले बताए । विद्यालय प्रसाशनले समरीलाई हटाउने अडान लिए पछि बन्द गरेका हौं शिक्षक विनोद सामरीलाई नहटाउने सर्तमा मात्र विद्यालय सुचारुहुने समेत विद्यार्थीले बताए ।