एक्सन नेपालले गर्यो समन्वयनात्मक वैठक

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ३, २०७२

yaधादिङबेसी । भुकम्प प्रभावित समुदायहरुमा खानेपानी आपुर्तिका लागि पहुँच र स्वच्छता प्रवर्दन सुधार कार्यक्रमको समनोयात्मक बैठक सम्पन्न ।
एक्सन नेपाल र आईएमसिको साझेदारीमा संचालित उक्त परियोजनाको समायोजनात्मक वैठक कुम्पुर गाबिस भवनमा सम्पन्न भएको हो ।
१ वर्ष भित्र गर्ने संस्थाले गर्ने विभिन्न कार्यक्रम तथा आबश्यक योजना तथा योजना बिस्तारका कार्यक्रमहरुका बारेमा जानकारी दिने तथा सम्पर्क समन्वय बढाउने उदेश्यका वैठकले लिएको बताईएको छ ।
एक्सन नेपाल र आईएमसिद्वारा जिल्ला को मुरलिभंज्यांग ,कुम्पुर,ज्यामरुंग,कटुन्जे र केवलपुर गा.बि.स मा भुकम्प प्रभावित समुदायहरुमा खानेपानी आपुर्तिका लागि पहुँच र स्वच्छता प्रवर्दन सुधार कार्यक्रम संचालन गरिरहेको एक्सन नेपालका प्राविधिक संयोजक सुबास खतिवडा ले बताउनुभयो