२ लाख मै घर बन्छ सरकारले बनाई दिने घरका ९ मोडल

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ३, २०७२

काठमाडौं । सरकारले भूकम्प पीडितहरुका लागि भूकम्प प्रतिरोधी ९ वटा घरका नमूना सार्वजनिक गरेको छ । घर बनाउन सरकारले दिने २ लाख रुपैयाँ अनुदान रकमबाट आफूलाई मन पर्ने नमूना रोजेर भूकम्प पीडितहरुले घर बनाउन सक्नेछन् । यदि २ लाख रुपैयाँ भन्दा बढी रकम लागेमा घरधनी आफैले ब्यहोर्नुपर्ने छ । शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियरहरुले खासगरी ग्रामीण क्षेत्रलाई लक्षित गरी तयार पारेका घरहरुका नमूना र विशेषता यसप्रकार छन् ।
नमूना नम्बर १

1यो भुइँतला मात्र भएको घर हो । यसमा करिब साढे दुई मिटर चौडाइ र साढे ४ मिटर लम्बाइका दुईवटा कोठा हुन्छन् ।

त्यस्तै डेढ मिटर चौडाइ र साढे ६ मिटर लम्बाईको बरण्डा हुन्छ ।

३ देखि ५ जनाको परिवारका लागि यो घर उपयुक्त हुने बताइएको छ ।

यस्तो घर बनाउँदा ढुंगाको गारोमा हरेक २–२ फिटमा सिमेन्टको बेस राखिएको छ ।

यो घर बनाउन २४ घनमिटर ढुंगा, १ सय ४१ बोरा सिमेन्ट र २४ घनमिटर बालुवा, ९ घनमिटर गिट्टी, २.२ घनमिटर काठ र साढे ४ बण्डल जस्तापाता लाग्नेछ ।

नमूना नम्बर २
2यो दोस्रो नमूना घरमा पनि भुइँतल्ला मात्र छ ।

यो घर १ देखि ३ जनासम्म सदस्य भएको परिवारका लागि उपयुक्त हुन्छ ।

यसभित्र साढे २ मिटर चौडाइ र साढे ४ मिटर लम्बाइको एउटा कोठा हुन्छ ।

२.८५ मिटर चौडाइ र साढे ४ मिटर लम्बाइ भएको वरण्डा पनि हुन्छ ।

यो घर बनाउन २५ घनमिटर ढुंगा, ९२ बोरा सिमेन्ट, १४ घनमिटर बालुवा, ९ घनमिटर रोडा, करिब २ घनमिटर काठ र साढे ३ वण्डल जस्तापाता आवश्यक पर्छ ।

नमूना नम्बर ३
3यो दुई तले घर हो । यो घर ४ जना सदस्य भएको परिवारका लागि उपयुक्त हुने बताइएको छ । यसमा भुइँतला र माथिल्लो तलामा २–२ वटा कोठा हुन्छन् ।

यसका कोठाहरु २.६५ मिटर चौडाइ र ४.३ मिटर लम्बाइका हुन्छन् ।

भुइँतलाको वरण्डा भने डेढ मिटर चौडाइ र ६.३५ मिटर लम्बाइको हुन्छ ।

यो घर बनाउन ४८ घनमिटर ढुंगा, १ सय ८७ बोरा सिमेन्ट, २९ घनमिटर बालुवा, १० घनमिटर रोडा, साढे ४ घनमिटर काठ र झण्डै ५ बण्डल जस्तापाता खर्च हुन्छ ।

नमूना नम्बर ४

House-Model-No.-4यो दुई तले घर ३ देखि ७ जना सदस्य भएको परिवारका लागि उपयुक्त हुन्छ ।

यसको भुइँतला र माथिल्लो तलामा ३–३ वटा कोठा हुन्छन् ।

बरण्डा पनि भुइँतला र माथिल्लो तलामा हुन्छ ।

दुईवटा कोठा ३ मिटर लम्बाइ र ३ मिटर चौडाइका हुन्छन् ।

एउटा कोठा र बरण्डा २.१ मिटर चौडाइ र ३ मिटर लम्बाइको हुन्छ ।

यो घर बनाउन ७२ घनमिटर ढुंगा, २ सय बोरा सिमेन्ट, ४० घनमिटर बालुवा, १० घनमिटर रोडा, ११ सय ४१ किलो रड, साढे ४ वण्डल जस्तापाता र साढे ४ घनमिटर काठ आवश्यक पर्ने बताइएको छ ।

नमूना नम्बर ५

House-Model-No.-5यो दुईतले घर हो । यो घर ८ देखि १० जना सदस्य भएका परिवारका लागि उपुक्त हुन्छ ।

यसको दुबै तलामा दुई–दुई वटा कोठा र वरण्डा हुन्छन् ।

कोठाहरु ३.२२५ मिटर लम्बाई र ३.१५ मिटर चौडाइका हुन्छन् ।

वरण्डा भने ७.८ मिटर लामो र १.२१ मिटर चौडाइको हुनेछ ।

यो घर बनाउन ८६ घनमिटर ढुंगा, ३ सय ११ बोरा सिमेन्ट, ४८ घनमिटर बालुवा, २६ घनमिटर रोडा, १७ सय ९२ किलो रड, करिब ३ घनमिटर काठ र साढे ४ बण्डल जस्तापाता आवश्यक पर्छ ।

नमूना नम्बर ६

House-Model-No.-6यो पनि दुई तले घर हो । ८ देखि १० जनाको परिवारका लागि लक्षित गरी यसको डिजाइन गरिएको छ ।

यसको दुई तलामा २–२ वटा कोठाहरु ३.२२५ मिटर लम्बाई र ३.१५ मिटर चौडाइका हुन्छन् ।

यसको दुबै तलामा वरण्डा पनि निकालिएको छ । बरण्डाको लम्बाई ७.३ मिटर र चौडाई १.२५ मिटरको छ ।

यस्तो घर बनाउन ३८ घनमिटर ढुंगा, २ सय ५३ बोरा सिमेन्ट, ४९ घनमिटर बालुवा, ८ घनमिटर रोडा, साढे ५ घनमिटर काठ, साढे ४ बण्डल जस्तापाता र ७ सय ३ किलोग्राम रड आवश्यक पर्ने बताइएको छ ।

नमूना नम्बर ७

House-Model-No.-7यो साढे दुई तलाको घरको नमूना हो ।

तलका दुईवटा तलामा २.७ मिटर लम्बाई र त्यति नै चौडाइ भएका तीन–तीनवटा कोठा हुन्छन् ।

भुइँतला र माथिल्लो तलाको बरण्डा ६.५५ मिटर लम्बाई र १.१ मिटर चौडाइको हुनेछ ।

तेस्रो तलामा पनि केही खाली ठाउँ राखिएको छ ।

यस्तो घर बनाउन १ सय ३८ घनमिटर ढुंगा, ३ सय ६ बोरा सिमेन्ट, ५९ घनमिटर बालुवा, ११ घनमिटर रोडा, साढे ६ घनमिटर काठ, साढे ५ वण्डल जस्तापाता र ८७८ किलोग्राम रड आवश्यक पर्नेछ ।

नमूना नम्बर ८

House-Model-No.-8यो पनि साढे २ तलाको घरको नमूना हो । भूकम्प प्रतिरोधीहरुका लागि गाउँघरमा नै पाइने सामाग्रीको प्रयोग गर्न मिल्ने गरी बनाइएको डिजाइनमध्ये यो सबैभन्दा महंगो डिजाइन हो ।

यसमा ढुंगाको गारोमा आरसिसी स्ल्याब राखिएको छ ।

यसका दुईवटा तलामा दुईवटा कोठा र बरण्डा तथा माथिल्लो तलामा छत छ ।

यो घरमा कोठाहरु ३.३ मिटर लम्बाई र २.७ मिटर चौडाइका हुनेछन् ।

वरण्डा पनि ३.३ मिटर लम्बाई र २.१ मिटर चौडाइको हुनेछ ।

यस्तो घर बनाउन १ सय ३२ घनमिटर ढुंगा ५ सय ४ बोरा सिमेन्ट, ८१ घनमिटर बालुवा, ३१ घनमिटर रोडा, २ घनमिटर काठ र २८१४ किलोग्राम रड आवश्यक पर्दछ ।

नमूना नम्बर ९

House-Model-No-9शहरी विकास तथा भवन निर्माण विभागले अर्को एउटा घरको नमूना पनि बनाएको छ । माटो र ढुंगाको जडानबाट बनाउन सकिने एकतले घरको यो नवौ नम्बरको नमूना हो ।

यो घरमा तीनवटा कोठा र वरण्डा हुनेछन् । ३ मिटर लम्बाई र ३ मिटर चौडाइका दुईवटा कोठा यो घरमा हुन्छन् ।

अर्को एउटा कोठा र वरण्डा ३ मिटर लम्बाई र २.१ मिटर चौडाइको बनाउन सकिन्छ । यसमा माथिल्लो तलामा पनि थोरै खाली ठाउँ छ ।

यो घर बनाउन ५६ घनमिटर ढुंगा, ४१ घनमिटर माटो, साढे ७ घनमिटर काठ र १ सय ६१ वर्गमिटर स्लेट आवश्यक पर्ने विभागका इन्जिनियरहरु बताउँछन् ।