बंगलादेशसँग नेपाल पराजित

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ३, २०७२

ढाका । साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपाल र बङ्गला देशबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ ।
बङ्गला देशको राजधानी ढाका स्थित बङ्गबन्धु रङ्गशालामा पहिलो पल्ट अनिल गुरुङको कप्तानीमा मैदानमा उत्रिएको नेपाल बङ्गलादेशसँग १–० शून्यले पराजित भयो ।
बङ्गलादेशका लागि १८ ‌औं मिनेटमा सखावत रोनीले गरेको गोल नै निर्णायक बन्यो । मध्यान्तर अघिसम्म १ गोलले पछाडि परेको नेपालले दोस्रो हाफमा राम्रो खेल प्रदर्शन गरे पनि बङ्गलादेशको रक्षापङ्क्तिलाई पार गर्न सफल भएनन् ।
बिहिबारको मैत्रीपूर्ण खेलपछि साफ च्याम्पियनसिप खेल्न नेपाली टोली बङ्गलादेशबाटै भारतको केरला जानेछ ।
केरलामा यही पुस ८ गतेदेखि सुरु हुने साफ च्याम्पियनसिपमा नेपालले पहिलो दिन नै श्रीलङ्काविरुद्ध तथा समूह चरणको दोस्रो खेल पुस १२ गते भारतविरुद्ध खेल्नेछ । बङ्गलादेशको समूहमा भने अफगानिस्तान, माल्दिभ्स र भुटान छन् ।