पड्कियो इट्टा भट्टा, सात जनाको मृत्यू

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर २९, २०७२

7_killed_in_Ittavitta4_649164117काठमाडौ । सुनसरीको इटहरी–१६ स्थित न्यु नेपाल इँटाभट्टा सोमबार साँझ भत्किँदा सातजना मजदुरको मृत्यु भएको छ । घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा चार भारतीय र तीन नेपाली छन् ।

आगो बाल्ने क्रममा ग्यास थुनिएर चिम्नी पड्किँदा घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चिरञ्जीवी कोइरालाले बताए ।
उद्योगमा १० लाख इँटा पोल्दै गर्दा चिम्नी पड्किएको बताइएको छ । प्रहरीका अनुसार १२ वैशाखको भूकम्पले एक सय २५ फिट अग्लो चिम्नीको टुप्पो चर्किएको थियो ।

मृत्यु हुनेमा इटहरी–१६ की भगलीदेवी चौधरी, इटहरी–२० का शिवनारायण चौधरी, गरिनारायण पासवान, भारतको विहार घर भई इँटाभट्टामा काम गर्दै आएका मिथिलेश पासवान, सग्दाम हुसेन, सैननौर मियाँ र राहुल मियाँ छन् । सग्दाम, सैननौर र राहुलको उपचारका लागि धरान ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

राति नौ बजेसम्म आगो नियन्त्रणमा नआएकाले घटनाको विस्तृत विवरण नआएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २२ जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्यको स्थानीय अस्पताल र विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । धरानमा उपचार गराइरहेकामध्ये चारजनाको अवस्था गम्भीर छ ।
उद्धारमा सेना, सशस्त्र तथा नेपाल प्रहरी खटिएका छन् । केही वर्षदेखि बन्द रहेको सो उद्योगमा यस वर्षको सिजनमै इँटा तयार गर्न आगो लगाइएको थियो ।

यसरी भयो विस्फोट

इटहरीका भगवान श्रेष्ठको नाममा रहेको इँटाभट्टा हालै धरानका विनोद अग्रवालले किनेका थिए ।
नयाँ व्यवस्थापनले लिएपछि सोमबार मात्र उद्घाटन गरिएको थियो ।

त्यसपछि आगो लगाउन (बोलीचालीको भाषामा फायर गर्न भनी ६ जना मजदुर चिम्नीतर्फ लागेका थिए । चिम्नीमा आगो लगाएको केही क्षणमै धुवाँ आउन सुरु र्गयो भने एक्कासि चिम्नी विस्फोट भयो ।अाजकाे नयाँ पत्रिकामा समाचार छ ।