सेर्तुङकी छिमि मम्बाको गीत बजारमा

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २८, २०७२

final copyधादिङ । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सेर्तेुङ गाउँ विकास समितिमा जन्मनु भएकी स्वरकी धनी छिमी मम्बाको गीती एल्बम बजारमा आएको छ । जम्बुलिङ फिल्मसुको प्रस्तुती र छिमी मम्बाको स्वार रहेको तामाङ ठिटी गिती एल्बम म्हेन्दो माया प्रोडक्सनले बजारमा ल्याएको हो । तामाङ भाषाको सुद्धिकी करण र सँस्कृतिलाई चित्रण गर्ने यस एल्बममा मिम्बालाई आरम्भ तामाङले स्वरमा साथ दिएका छन् ।
सेर्तुङ १, बोराङ– धादिङमा २०४४ सालमा बुबा मर्क तामाङ र आमा मिनमाया तामाङको कोखबाट जन्मिएकी गायिका छिमी मम्बा सानैदेखि गीत सङ्गीतमा रुची राख्थिन् । १० ओटा भन्दा बढी फुटकर गीतहरू गाइसकेकी माम्बाको यो ‘तामाङ ठिटी’ नै पहिलो व्यक्तिगत एलवम हो । गीतको भिडियो सहित बजारमा ल्यएकी तामाङ ठिटीमा माम्बा आफैले पनि अभिनय गरेकी छन् ।
चर्चित मोडल तथा नायिका रञ्जिता गुरुङ, छिमी माम्बा, राज वाईबा, आरम्भ तामाङ र तेन्जिङ सोनाम आदि कलाकारहरूको अभिनय रहेका छ । जाम्बुलिङ फिल्मस्ले बजारमा ल्याएको यस एल्बमका सबै गीतको निर्देशन राज किङ वाईबाले गरेका छन् ।
तामाङकी छोरी हुनुमा गर्व गर्ने छिमी माम्बाको तामाङ गिती एल्बम ‘तामाङ ठिटी’ पूर्व गृहमन्त्री बुद्धिमान तामाङले विमोचन गर्नु भएको थियो ।