धादिङका सहिद तथा वेपत्ता परिवार सामुहिक आयआर्जनमा लागे

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २६, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङबेसी । धादिङ जिल्लाका सहिद तथा वेपत्ता परिवारहरु सामुहिक आययार्जनमा लागेका छन् । उनीहरु धादिङबेसीमा माछा र कखुरा पालन गरी सामुहिक आयआर्जनमा लागेका हुन् । आज भेला गर्दै अब थप योजना कसरी बनाउने र संचालित फर्मको बारे समिक्षात्मक भेला सम्पन्न गरे ।
भेलाका प्रमुख अतिथि तथा एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले धादिङमा सहिद तथा वेपत्ता परिवारले उदाहरणीय कार्य गरेको बताउँदै आयआर्यन मुलक कार्यलाई थप व्यवस्थित र आकर्सित बनाउन आग्रह गर्नु भयो । एमाओवादी धादिङले पार्टीलाई थप सुदृढ र संगठित बनाएर लादै गर्दा सामुहिक आयआर्जन पद्धति पनि एक हुने बताउनु भएको थियो ।
उहाँले अहिले पार्टीको वदनाम गराउन केहि भरतिय दलालहरु अमुक शक्तिको नाममा गाउँ पसेको बताउदै उनीहरुको भ्रममा नपरि एकिकृत भएर अघि बढ्न समेत आग्रह गर्नु भयो ।
भेलामा एमोवादी धादिङका सचिव विजय बुर्लाकोटी, सहसचिव मनराज भडारी जिल्ला कमिटि सदस्यहरु दिपक लामिछाने, दिपा सिंखडा लगायतको आतिथ्यता रहेको थियो ।
वेपत्ता परिवार समाज धादिङका अध्यक्ष टिका कडेलको अध्यक्षता रहेको उक्त भेला शंकर अधिकारीले संचालन गर्नु भएको थियो ।