नयाँ शक्तिको विकल्प छैन – देवकोटा (अभियानमा को-को गए फोटो सहित)

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २६, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङबेसी । संविधान निर्माण सँगै मुलुकले राजनीतिक कोल्टे फेरेकोले अब नयाँ शक्तिको विकल्प नरहेको खिमलाल देवकोटाल बताउनु भएको छ । आज धादिङबेसीमा आयोजित नयाँ शक्ति अभियान उद्घाटन कार्यक्रममा नेता देवकोटाले अब सबै मिलेर आर्थिक विकासमा लाग्नु पर्ने यो काम यहिलेका राजनीतिक दलबाट सम्भब नभएकोले नयाँ शक्तिको बहस चलाएको बताउनु भएको हो ।
उहाँले नयाँ शक्तिको बहस अन्तराष्ट्रिय करण भई सकेकोले अब नयाँ सोच र कार्यशैलिका साथ नयाँ शक्ति पार्टी बन्ने समेत बताउनु भएको थियो ।
त्यसैगरि कल्पना धमलाले नयाँ शक्ति बहसमा आए पछि एमाओवादी आत्तिएको बताउँदै व्यक्तिगत आरोप प्रत्यारोपमा नउत्रन एमाओवादी नेतालाई आग्रह गर्नु भएको थियो ।
उहाँले आराप प्रत्यारोपमा नउत्रन आग्रह गर्दै गर्दा उहाँको अधिकाँश भाषण प्रचण्ड कै कारण एमाओवादी सिद्धिएको आरोप लगाउँदैमा सिद्धिएको थियो ।नयाँ शक्तिको यस कार्यक्रम धादिङमा पहिलो पटक भएकोले को को गए होलान् कोको सहभागि होलान् चासो थियो । एमाओवादी नेता भेट्दा यतै हो भन्ने र नयाँ शक्तिका नेता भेट्दा त्यतै हो भन्नेहरु कै जमघट बलियो थियो यो अभियानमा ।
अभियानको सहभागिहरुको फोटो
OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA